Logo

एलआईसी नेपालले पायो अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं, २६ मंसिर । CMO Global/World Marketing Congress ले लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड–२०१९ (Nepal Best Brand Leadership Award, 2019)  बाट सम्मान गरेको छ ।

आज (बुधबार) काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच एलआईसीलाई उक्त अवार्ड प्रदान गरिएको हो । एलआईसीका कम्पनी सचिव विनोदकुमार भुजेलको नाममा जारी गरेको विज्ञप्तीअनुसार गत वर्ष पनि उक्त कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उत्कृष्ट सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भैरहेको बताएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्