Logo

सानेपामा भाँडभैलो, बैठक छोडेर बाहिरिए पौडेल र सिटौला



काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले एकलौटी गर्न खोजेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले बैठक बहिष्कार गरेका छन् ।

सभापति देउवाले कार्यकालको अन्तिम समयमा आएर विभिन्न विभाग गठनको तयारी गरेको र १४औं महाधिवेशनको लागि कुनै कार्यतालिका बनाउन छलफल नगर्ने बुझेपछि नेताद्धय पौडेल र सिटौला समूहले बैठक बहिष्कार गरेको हो ।

सानेपा पुगेका पौडेल आक्रामक रुपमा प्रस्तुत भएका थिए । बैठककमो मुख्य एजेण्डा नै महाधिवेशन केन्द्रित हुनुपर्ने उनको माग छ । तर, देउवाले भने यसबारेमा कुनै चासो र चिन्ता देखाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्