Logo

बच्चामा हुने मोटोपन कम गर्ने उपाय



आजभोली बच्चाहरु मोटाउँदै जानु स्वास्थ्यको हिसाबले गम्भिर समस्या हो । हर्मोनको गडबडीको कारण पनि बच्चामा मोटोपन हुनसक्छ । हुन त वंशाणुगत गुणको कारणले पनि मोटोपन बढ्न सक्छ । समयमा नै चिकित्सककोमा लैजानु राम्रो हुन्छ । बाल्यकालमा नै हुने मोटोपनाले युवा उमेरमा नै पत्थरी हुने, कलेजो सम्बन्धि रोग, उच्च रक्तचाप, मुटुरोग, मधुमेह र मानसिक समस्या समेत निम्त्याउँछ ।

धेरै फास्टफुड खाने, धेरै क्यालोरी भएका, बोसोयुक्त, फाइबर कम भएका खाना र गुलियो पर्दाथ सेवन गर्ने सामाजिक आनीबानीहरुले पनि मोटोपना निम्त्याउछ । जन्मदा नै कम तौलको बच्चा जन्मनु र आमाको स्तनपान नगराउनाले बाल्यावस्थामा नै मोटोपनको समस्या आउन सक्छ ।

शारीरिक व्यायाम नगर्ने, बिलासी जीवन विताउने प्रवृत्तिले पनि शहरी क्षेत्रको बच्चाहरुमा मोटोपनको समस्या देखिएको छ ।

रोकथाम
घरबाहिर फास्टफुड खान नियन्त्रण,घरकै चिजमा केन्द्रित गर्ने
सुत्ने कोठामा टिभी हटाउने
मोवाइल, कम्प्युटर जस्ता चिजबाट टाढा राख्ने
दिनहु नास्ता गराउने
गुलियो पद्धार्थबाट टाढा राख्ने
प्रशस्त फलफुल र सागसब्जीमा प्राथमिकता दिने
फाइबरयुक्त सन्तुलित आहारमा ध्यान दिने
बच्चा जन्मेको १ घण्टा भित्र स्तनपान गराउने ६ महिना सम्म मात्र गराउने
नियमित रुपमा शारीरीक व्यायाम गराउने
खेलकुदमा पनि भाग लिन प्रेरित गर्ने
क्याल्सियमयुक्त खाना प्रशस्त मात्रामा खाने
बच्चाहरुमा बढिरहेको मोटोपनाको समस्यालाई अभिभावकहरुको प्रयासको साथै उनीहरुको जीवनशैली परिर्वतन आवश्यक छ । बच्चाहरुको शारीरीक रुपमा सक्रय हुने र बच्चाहरुको खाने बानीमा परिर्वतन, स्वस्थ बानी र व्यवहारमा सुधारेमा शरीरको तौल सामान्य र स्वस्थ्य हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्