Logo

सरकारको विरोधमा खनियो कांग्रेस



संवैधानिक परिषद्सम्बन्धी कार्यविधिप्रति आपत्ति
काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तमाथि नै आघात पु¥याएको आरोप लगाएको छ ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो छलफल भएको हो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढङ्गले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिलाई राजनैतिक पूर्वाग्रहका आधारमा लाञ्छित गर्ने, झुटो मुद्दा चलाउने गरी संवैधानिक आयोगजस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन सम्पन्न भएको र बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सो सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्