Logo

कांग्रेसको तेस्रो चरणको जागरण अभियान माघ १६ देखि



काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तेस्रो चरणको जागरण अभियान आगामी माघ १६ गते सुरु हुने भएको छ। आजबाट पार्टी मुख्यालयमा सुरु भएका केन्द्रीय कार्यसमितिको बैठकमा यसबारेमा निर्णय भएको हो । सबै स्थानीय तहमा केन्द्रित रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर आगामी माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको मुख्यसचिव पौडेलले बताए ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरु महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको अर्को बैठक यही मङ्सिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्