Logo

म देउवाको चाकडी गरेर आएको व्यक्ति होईन : महत (भिडियोसहित)



काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफू सभापति शेरबहादुर देउवाको चाकडी गरेर आजको स्थानमा नआएको स्पष्ट पारेका छन् । उनले भने-“म त लोकतन्त्रको लागि ७ कक्षमा पढ्दा जेल परेको मान्छे हुँ । मलाई कसैको चाकडी गर्नु छैन् । म कसैले बनाईदिएर यत्तिकै आएको होईन् ।”

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् । महतले कांग्रेसमा अब एक जना व्यक्तिलाई दोष दिएर उम्किने अवस्था भने नभएको जिकिर गरे । उनले भने,”अब नेताहरुले आफू केन्द्रित प्रवृत्ति छोड्नुपर्ने बेला आएको छ । बरु, पार्टीको विचार केन्द्रविन्दूमा राखेर जनताको बीचमा जाने कुरालाई केन्द्रविन्दूमा अघि बढ्नुपर्छ ।”

उनले कांग्रेसको अहिलेको नेतृत्वमा चुनाव जाँदा नै विजयी हासिल गर्ने दाबी गरे । उनले भने,”यही नेतृत्वमा चुनाव जाँदा कांग्रेसले जित्छ ।” महतले कम्युनिष्टको विचार र संस्कार असफल भएको पनि दाबी गरे । तर, कांग्रेसले कम्युनिष्टबाट उनीहरुकोजस्तै प्रचारशैली र संगठनको शैली सिक्नुपर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्