Logo

जेलमै बन्छ फाँसी दिने डोरी (विवरणसहित)



भारत फाँसीको सजाय भएको मुलुकमध्ये पर्छ । त्यहाँ जघन्य अपराध गर्नेलाई फाँसीको सजाय छ । जसमध्ये बलात्कारपछि हत्या गर्नेमाथि फाँसीको सजाय बढेको छ ।

भारता फाँसीको सजाय झुन्ड्याएर दिने गरिन्छ । त्यसका लागि विशेष डोरीको व्यवस्था हुन्छ । डोरी विहारको बुक्जार जेलमा बन्छ । यो जेलमा भारत र पाकिस्तानको विभाजनयता फाँसी दिने डोरी उत्पादन हुँदै आएको हो । बुक्जार क्षेत्रमा कपासको राम्रो उत्पादन हुन्छ । गंगा नदीको किनार भएकाले कपास राम्रो गुणस्तरको हुन्छ । चिस्यान पर्याप्त भएको कपास उत्कृष्ट हुन्छ ।

७२ सय धागोबाट बनेको डोरी निकै कसिलो गरी बटारिएको हुन्छ । कपासको धागोबाट बनाइने डोरी १६ फिट लामो हुन्छ । यसले १५० केजी तौलको मानिसलाई थेग्न सक्छ । यसरी बनाइएको डोरी हत्तपत्त चुढिदैन । डोरीको तौल डेढ केजी हुन्छ । यसको मूल्य भारु २१२० तोकिएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्