‘ कार्लोस’ दशकको टप टेन हलिउड फिल्म


एजेन्सी, मंसिर २७ । प्रसिद्ध अमेरिकी फिल्म समीक्षक टड मेकार्थीले दशकको टप टेन हलिउड फिल्मको सूची सार्वजनिक गरेका छन्। उनले सन् २०१० मा रिलिज भएको ‘कार्लोस’ फिल्मलाई दशकको सर्वोत्कृष्ट फिल्म भनेका छन्। यसमा ‘द सोसल नेटवर्क’, ‘ब्रुक्लिन’ फिल्म पनि परेका छन्।टप टेनमा परेका अन्य फिल्ममा ‘इन्साइड लेविन डेविस’, ‘ओन्ली लवर्स लेफ्ट अलाइव’, ‘द हेन्डमैडन’, ‘लेवियाथन’, ‘वन्स अपन ए टाइम इन हलिउड’, ‘मेड मैक्सस्फ्युरी रोड’, ‘द गेटकिपर्स’ छन्।

‘कार्लोस’ फिल्म भेनेजुएलाका क्रान्तिकारी इलिच रामिरेज सान्चेजको जीवनमा आधारित छ। ‘द सोसल नेटवर्क’ फिल्म फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा सामाजिक सञ्जालमा उनको संघर्षको कथा छ। यसले तीन विधामा ओस्कर अवार्ड पाएको थियो।

सन् २०१५ मा प्रदर्शित ‘ब्रुक्लिन’ फिल्मले एक आइरिस प्रवासी महिलाको कथा समेटेको छ। यसले पनि तीन विधामा ओस्कर अवार्ड हात पारेको थियो। अन्नपूर्ण पोस्ट्बाट