Logo

मोबाइल पत्रकारिता तालीम शुरु



चितवन, २७ मङ्सिर : नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आजदेखि यहाँ दुईदिने मोबाइल पत्रकारिता तालीम शुरु गरेको छ । महासङ्घले आफ्नै आन्तरिक स्रोतबाट तालीमको आयोजना गरेको हो ।

तालीमको उद्घाटन गर्दै महासङ्घका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारितामा नयाँ प्रयोग गर्न यसखालका तालीम आयोजना गरिएको जानकारी दिए । मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालीम उपयोगी हुनेछ । तस्बीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालीम केन्द्रित हुने खतिवडाले बताए ।

तालीमको प्रशिक्षकका रुपमा खोज पत्रकारिता केन्द्रका रामु सापकोटा रहेका छन् । तालीममा जिल्लाका ३२ जना पत्रकार सहभागी भएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्