Logo

माया पिरतीमा बोली झर्को भएपछि… यसरी आए प्रेम थापा(भिडियो)



काठमाण्डौ । सफल मोडल तथा निर्देशक प्रेम थापाले ‘बोली झर्के छ’ भन्ने गित लिएर आएका छन् ।

युवा निर्देशक प्रेम थापाकै निर्देशन रहेको सो गीतमा थापा र पवित्रा न्यौपानको गज्जब को अभिनय देख्न सकिन्छ ।

रामजी खाँण र प्रविशा अधिकारीको स्वरमा सजिएको रोशन सिँहको लय तथा शब्द सिर्जना रहेको छ ।

माया प्रेममा तयार पारिएको सो गीतको सम्पुर्ण छायांकन रमणीय चितवनको नारायणी नदीमा खिचिएको छ । गीतको भिडियोलाई करण चैसिएरले उत्कृष्ट ढंग ले खिचेका छन् ।

भावना पराजुली र दामन्ती पराजुलीको प्रस्तुति रहेको ुबोली झर्के छुलाई कृष्ण भान्जाको एरेन्ज नबीन घर्ती मगरको सम्पादनमा कल्चर मीडियाले पोस्ट प्रोडक्शन गरेको छ ।

गीतलाई एभरेष्ट इन्टरटेन्डमेन्टले आफ्नो यूट्यूब च्यानल मार्फत बजार मा निकालेको हो ।



प्रतिक्रिया दिनुहोस्