Logo

कांग्रेसको विवाद चरम उत्कर्षमा, देउवा र पौडेलबीच दुरी बढ्दै



काठमाण्डौ । आफुलाई पुरानो र लोकतान्त्रिक पार्टी मान्ने नेपाली कांग्रेसभित्रको विवाद थप उत्कर्समा पुगेको छ । विगतमा छुट्टा–छुटै भेला र छलफल गर्दै गुटगत राजनीतिलाई प्रशय दिदै आएको कांग्रेसभित्र पछिल्लो समय त झन् पार्टीको केन्द्रिय समिति बैठक नै बहिष्कार गर्ने सम्ममा नेताहरु पुगेका छन । कांग्रेसको अवको भविष्य के होला ? र कसरी अघी बढ्ला भन्ने चासो चोतर्फी बढ्न थालेको छ ।

बिहिबार बोलाइएको पार्टीको केन्द्रिय समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका उनी पक्षधरका नेताहरुले केन्द्रीय कार्यसमिति बैठक नै बहिस्कार गरे । सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीचको जुंगाको लडाइले कांग्रेस अनिर्णयको बन्दी बन्दै आइरहेको छ । बिहिबार सभापति देउवाले पार्टीको विभिन्न २८ विभाग लाई संरचनात्मक र सख्यात्मक रुपमा परिमार्जन गर्ने सहित ९ प्रस्ताव बरिष्ठ नेता समक्ष राखेका थिए । तर उक्त प्रस्तावमा मुख्यरुपमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बारे कुनै प्रस्ताव नै नभएको भन्दै आपत्ति मात्रै जनाएनन केन्द्रिय कार्यसमिति बैठक नै बहिष्कार गरे ।

वरिष्ठ नेता पौडेल पक्षधरले राखेको माग भने नयाँ होइन । यसअघि गत साउनमै बसेको केन्द्रिय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म पार्टीको संघीय संरचनाअुसार स्थानीय तहसम्मको समिति बनाइसक्न जिम्मेवारी दिइएको थियो । तर ती काम अहिले सम्म नसकेको र पार्टीको क्रियाशिल सदस्यताको अभिलेख अद्यावधिक नभइसकेकाले अहिल नै महाधिवेशनको कार्यतालिका सार्वजानिक गर्न नसक्ने देउवापक्षधर नेता तथा सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन् ।

देउवा र पौडेल पक्षबीचको विवादमा प्रवक्ता विश्वप्रकाश शर्मा भने देउवाको पक्षमा उभिएका छन् । सभापति देउवाले पार्टीमा सहमतीको राजनीतिलाई लत्याउदै बहुमतको आधारमा पेलेर जान खोजेको आरोपको शर्माले खण्डन गरेका छन् ।

आफुलाई लोकतान्त्रिक पार्टी भन्ने र सधै लोकतन्त्रको रटान लगाउदै आएका कांग्रेस आफैभित्र भने लोकतान्त्रिक अभ्यासको खडेरी परेको छ । चुनावमा पराजित भएपछि पनि सचेत हुन नसकेको कांग्रेसको नेतृत्व र शीर्ष नेताबीचको लडाई कहिलेसम्म जारी रहने हो, त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्