Logo

सागमा पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराईयो (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीको नगर परिक्रमा गराईएको छ । तर, हल्का वर्षाका कारण परिक्रमा भने केही प्रभावित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागका पदकधारी खेलाडीलाई बिहान ११ बजेबाट नगर परिक्रमा गराउने बताएपनि वर्षाको कारण नगर परिक्रमा ढिला सुरु भएको थियो ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेप सदस्य सचिब रमेश सिलवालले फूलमाला र अविर लगाएर नगर परिक्रमाको सुरुवात गरेका थिए । झरीको कुनै प्रवाह नगरी उक्त परिक्रममा पदकधारी खेलाडीसँगै खेलप्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । परिक्रमा त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै पुनः त्रिपुरेश्वर आएर टुंग्गिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्