Logo

‘फोहोर पानी प्रशोधन केन्द्र छिट्टै उद्घाटन गर्छौं’



झरीको प्रवाह नगरी मन्त्री मगर आयोजनाको निरीक्षणमा 

कामाडौं, २७ मंसिर । खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आज झरीको प्रवाह नगरी काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षणमा गएकी छन् । उनले उक्त प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने समेत स्पष्ट पारेकी छिन् ।

उनले भनिन्,”प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब आउने माघभित्रै गर्छौं उद्घाटन हुने मिति तय हुन्छ । प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्छ ।”

२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक ९एडीबी० ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ । उक्त प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्ने पनि मन्त्री मगरले जानकारी दिएकी छिन् ।

प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने र सोही ईनर्जीबाट उक्त आयोजनाको ३० प्रतिशत सञ्चालन गर्न सकिने पनि उनले स्पष्ट पारिन् । मन्त्री मगरले सोही अवसरमा निर्माणाधिन अयोजनास्थल परिसरमा वृक्षारोपण समेत गरेकी छिन् ।

तस्विर : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्