Logo

काठमाण्डौमा गाडी पार्किङको समस्या विकराल बन्दै



काठमाण्डौ । देशकै राजधानी रहेको काठमाडौँको मुख्य समस्या सवारीसाधन पार्किङ बनेको छ । झन्डै १ वर्ष अगाडि काठमाडौं महानगरपालिकाले उपत्यकामा हुने गरेको अस्तव्यस्त पाकिङ्ग व्यवस्थापन गर्ने लक्ष्यसहित ५ स्थानमा निशुल्क पाकिङ्गसहित स्मार्ट पाकिङ्गको अवधारणा ल्याएको थियो । तर त्यो अवधारणा सफल हुन सकेको छैन ।

काठमाण्डौ उपत्यकाको अधिकांश क्षेत्र अस्तव्यस्त छ । समस्याको चाङ नै छ भन्दा फरक नपर्ला । त्यही समस्यामध्ये एउटा समस्या बनेको छ सवारी साधनको पाकिङ्गस्थल नहुनु । उपत्यकामा रहेका फुटपाथ र सडकका दाँयाबाँया दुईपांग्रे र चारपाग्रे सवारीसाधन पार्क गरिएको हुन्छ । जसका कारण काठमाडौं उपत्यका जताततै अव्यवस्थित जस्तै देखिन्छ । काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाले नियम बनाएको थियो । तर त्यसले केवल औपचारिक रुप पायौ । अहिले उपत्यकामा गरिने जथाभावी पाकिङ्गले दुर्घटना बढ्दै गएका छन् । पैदल यात्रलाईु पनि समस्या भएको छ ।

पाकिङ्गको समस्या न्यूनीकरण र व्यवस्थापन गर्ने भन्दै काठमाडौं महानगरपालिकाले झन्डै १ वर्ष अगाडि साउन १ गतेबाट स्मार्ट पाकिङ्गको अवधारणा निर्माण गरेको थियो । नमूनाको लागि २ सयभन्दा बढी स्थानमा निशुल्क पाकिङ्गको व्यवस्था गरेको छ । काठमाडौं महानगरले बनाएको नियम केवल नियममा मात्र सिमित छ । तर काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने सवारी साधन पार्किङस्थल व्यवस्थित भएको दावी गर्छन् । अहिले भएका पार्किङस्थल अन्य स्थानमा विस्तार गर्ने योजना रहेको प्रवक्ता डंगोल बताउँछन् । त्यसका लागि खाली जमिनको खोजि भइरहेको छ ।

सडक र सवारी व्यवस्थित गर्ने जिम्मा पाएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले पनि पार्किङलाई व्यवस्थित बनाउन सकेको छैन । महाशाखाले दैनिक कारबाही अभियान चलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भमि ढकाल बताउँछन् ।

तर समस्या समाधान हुन सकेको छैन । महाशाखाले कारबाहीको तथ्याङ्कबारे जानकारी त दिन्छ, तर समस्या समाधान नभएको विषयलाई गम्भीर रुपमा लिएको पाइदैन । जुनसुकै शहरमा पनि सवारी साधन पार्किङस्थलको अति आवश्यक हुन्छ । काठमाण्डौ देशकै ठूलो सहर हो । तर यहाँ सवारी साधन चलाउनेलाई निकै सास्ती छ । विशेष गरी निजी सवारी साधन हुनेलाई कठिन छ । सडक र सवारी अस्तव्यस्त हुँदा संघीय राजधानी काठमाण्डौ कुरुप बनेको छ ।



प्रतिक्रिया दिनुहोस्