Logo

जापान फुटबल लिग टिमविरुद्ध नेपाल निलो ४–० गोलले पराजित (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । काठमाडौंस्थित् दशरथ रंगशालामा आज भएको जापान फुटबल लिग टिमविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा नेपाली निलो ४–० गोलले पराजित भएको छ। जापानका लागि मासाहितो सुगिताले ३० र ४९ मिनेटमा गरी २ गोल गरे।

यस्तै सातोसी सुनोमाताले ६३ र तोसिकी सासकीले ७४ मिनेटमा गोल गरेका थिए। नेपाल निलोको कप्तानी पूर्व राष्ट्रिय खेलाडी भोला सिलवालले गरेका थिए। यो उनको अन्तिम खेल हो । सिलवाल जर्सी नम्बर १७ लगाएर मैदानमा उत्रिएका थिए । सिलवाल कुनै समयका नेपालका भरपर्दा मिडफिल्डर हुन् ।

टिममा रुपेश केसी, रवि पासवान, सुवास गुरुङ, सुमन लामा, लक्ष्मण रुचाल, छिरिङ गुरुङ, विजय धिमाल, अर्पण कार्की र अजित भण्डारीले खेलेका थिए। यस्तै योगेश गुरुङ, मनिष थापा, प्रकास बुढाथोकी, बुद्ध चेमजोङ र सूर्य अधिकारी सब्सिच्युट खेलाडीमा थिए। टिमको प्रशिक्षकमा मेघराज केसी थिए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्