Logo

रात्रीक्लबमा गएका फुटबलर ४५ दिन देखि ९० दिन निलम्बित



काठमाडौं, २७ मंसिर । विश्वकप फुटबल छनोट खेल्न जानुभन्दा अघिल्लो रात रात्रीक्लबमा भेटिएका चार फुटबल खेलाडी तीन महिना निलम्ब्नमा परेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन बिष्ट र सन्तोष तामाङलाई निलम्बनसहित जरिवाना गरेको छ ।

एन्फाका अनुसार विमल र दिनेशलाई ४५ दिन र अञ्जन र सन्तोषलाई ९० दिन निलम्बन गरिएको छ । उनीहरुको निलम्बर १३ नोभेम्बर देखि लागू हुनेछ । जसअनुसार अञ्जन र सन्तोषको निलम्बन अब १५ दिनमात्र बाँकी छ । विमल र दिनेश अझै दुई महिना निलम्बनमा परेका छन् । उनीहरुलाई ५० हजार जरिवना गरिएको छ ।

कुबेतविरुद्ध विश्वकप फुटबल छनोट खेल्नका लागि नेपाली टोली भुटान प्रस्थान गर्ने तयारीमा हुँदा खेलाडीहरु राति रात्रीक्लबमा भेटिएका थिए । उनीहरुको नाम अन्तिम सूचीमा घोषणा भइसकेको अवस्थामा अनुशासनको कारबाही स्वरुप टोलीबाट हटाइएका थिए ।

स्टार अगंपंक्तिका खेलाडी विमलसहित चार खेलाडीविना नेपलाले भुटानमा कुवेतविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्यो । नेपाल १-० ले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्