Logo

रूपन्देहीको सिद्धार्थनगरमा पनि भाटभटेनी सुपरमार्केट सञ्चालनमा आयो



नेपालमै ५० हजार नागरिकलाई रोजगार प्रदान गर्ने

काठमाडौं, २७ मंसिर । भाटभटेनी सुपरमार्केट रूपन्देहीको सिद्धार्थनगरमा पनि सञ्चालनमा आएको छ । भाटभटेनी समुहका सञ्चालक मीनबहादुर गुरुङले बिहीबार बिहान हिन्दु वैदिक पद्धतिअनुसार पूजाआजा गरी सुपर स्टोरको उद्घाटन गरे। सिद्धार्थनगर नगरपालिका ७ को नयाँ सडकमा १० कठ्ठा जमिनमा १ लाख ३५ हजार वर्ग्फिटको सात तले भवनमा भाटभटेनी सुपर स्टोरको निर्माण गरिएको छ । यसमा दुई तलाको बेसमेन्ट छ। भाटभटेनीको यो १७ औं सुपरमार्केट हो ।

स्टोरको भूइँतलामा ग्रोसरी, पहिलो तलामा किचनवेयर, दोस्रोमा तयारी कपडा र तेस्रो तलामा जुत्ता–चप्पल तथा इलेक्ट्रिकल सामान राखिएका छन्। फर्निचरका लागि छुट्याइएको चौथो र दुइवटा सिनेमा हलका लागि पाँचौं तला निर्माणाधीन छन्। चौथो तला आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने र एक वर्षभित्र सिनेमा हल सञ्चालनमा ल्याइसक्ने गुरुङले बताए।

गुरुङले लुम्बिनी भ्रमणमा आउने आन्तरिक र अन्तर्रा्ष्ट्रिय पर्यटकका लागि स्टोर आकर्षक गन्तव्य हुने विश्वास प्रकट गरेका छन् । उनले काठमाडौंमा २०४१ सालमा एउटा सानो स्टोरबाट भाटभटेनी सुपर स्टोर सुरू गरिएको हो बताउँदै नेपालमै ५० हजार नागरिकलाई रोजगार प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्