Logo

स्थानीय जनताको समस्या बुझ्दै जनप्रतिनिधि



मंसिर २७, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं ४ को आयोजनामा प्रदेश सांसद नारायण सिलवाल र सीता अधिकारी (दाहाल) ले स्थानीय जनताको समस्या बुझ्दै आएका छन् ।

जनताको समस्या सुन्ने अभियान अन्र्तगत शुक्रबार (आज) पाँचौ दिन पुगेको छ । उक्त अभियानमा स्थानीय स्तरको विकास निर्माण, सामाजिक तथा आर्थिक पक्षको सुधारका लागि सांसद सिलवाल गत मंसिर १७ गतेबाट निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहदै आएका छन् ।

काठमाडौँ क्षेत्र नं. ५ (क) बाट प्रत्यक्ष निर्वा्चित सांसद सिलवालले आफ्नो निर्वाचन क्षेत्रमा जनताको समस्यालाई सम्बोधन गर्ने अठोटका साथ विशेष ध्यान दिदैँ आज वडा नं. ४ मा जनतासंग साक्षात्कार गरेका छन् । उनीसंग स्थानीय जनताहरुले सार्वजनिक शौचालय, चोरी नियन्त्रणका लागि सिसि टि.भी, वर्षयाममा बाढीको समस्या, सडक पार्किङ, बत्ति लगायतको समस्याहरु भएको गुनासो राखेका थिए ।


जनताको गुनासोलाई सम्बोधन गर्दै सांसद सिलवालले प्राथामिकताको आधारमा अल्पकालिन, दीर्घकालिन समस्याहरुको समाधान गर्दै लैजाने बताए । योजना तथा परियोजनाको काम गर्दा प्रशासनिक एवम् नीतिगत समस्याहरु आउने गरेको बताउँदै त्यसलाई चिर्दै जनताको काममा आफू तदारुकताका साथ लागि पर्ने बताए ।

सांसद सिलवालले ढल व्यवस्थापनमा आएको समस्याको चर्चा गर्दै चक्रपथ विस्तार परियोजनासंग छलफल भईसकेको र चक्रपथ सडक विस्तारको अगाडी टोल–टोलमा भएको ढल व्यवस्थापनको कार्य गर्न प्राविधिक रुपमा समस्या आएको भन्दै त्यस विषयमा चाँडै निकासा खोजी छलफल गरी अघि बढ्ने बताए ।

त्यस्तै नेकपा नेतृ एवम् प्रदेश सांसद सीता अधिकारी –दाहाल) ले निर्वा्चित भएर जनतासामु समस्या बुझ्नु निकै सराहनीय कार्य भएको बताईन् । वडाले जनता र जनप्रतिनिधिवीच स्थानीय स्तरको समस्याहरुबारे गुनासो सुन्ने र त्यसको समाधानका लागि अग्रसरता दिएकोमा उनले वडालाई धन्यवाद दिईन् । तीन तहको सरकारी अभ्यास पहिलो पटक भएकोले केही योजनाका कार्यमा ढिलासुस्ती आएको र संघीय संरचनानुसार र कानुन निर्माणको संघारमा पुगेको बताउँदै अब जनताले खोजेको आशा चाँडै पाउने प्रतिवद्धतता व्यक्त गरिन् ।

वडा नं. ४ का अध्यक्ष मोहन विष्टले आफू निर्वा्चित भएर आएपछि ८० प्रतिशत काम सम्पन्न भएको बताए । जनता र जनप्रतिनिधिबीचको सम्बन्धलाई स्थापित गराई हरेक समस्यालाई समाधान गर्न उक्त अभियान सञ्चालन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्