Logo

धनुषा बिष्फोटमा इन्स्पेक्टर अमिर दाहालसहित तीनको मृत्यु



जनकपुर, २८ मंसिर । शुक्रबार मध्यराति भएको बम बिष्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ । धनुषामा भएको बिष्फोटमा घाइते भई उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएका उनको विहान ७ बजे निधन भएको हो ।

संखुवासभा घर भएका दाहाल धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए । शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्र नगरमा राजेशकुमार साहको घरको शौचालय अगाडि राखिएको बम एकिन गर्न जाने क्रममा बिष्फोट भएको थियो । त्यस क्रममा घरमुली ४६ वर्षीय राजेशकुमार साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।

इन्स्पेक्टर दाहाल, प्रहरी जवान रिजन महतो, साहका छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । दाहालको उपचारका क्रममा निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस्