Logo

विप्लवको चन्दा नीति: आयोजनाबाट २ प्रतिशत चन्दा



काठमाडौं, मंसिर २८ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले व्यवसायी तथा सरकारी निकायसँग चन्दा असुली गर्ने क्रमलाई तीव्रता दिएको छ । विप्लव समूहले सरकारी कर्मचारी, कार्यालय प्रमुख, निर्माण व्यवसायी, शिक्षक, व्यापारीसँग चन्दा लिने क्रमलाई तीव्रता दिएको हो ।

विप्लवले खुलेआम चन्दा लिने कार्यलाई तीव्रता दिए पनि सरकार भने त्यसलाई रोक्न कमजोर देखिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेल सरकारी तथा निजी सम्पत्तिमाथि भौतिक क्षति पु¥याउने व्यक्ति तथा समूहमाथि गम्भीर रूपमा निगरानी भइरहेको बताउँछन् ।

‘हामीले यस्ता प्रकृतिका गतिविधि गर्नेमाथि गम्भीर रूपले नियालिरहेका छौं, त्यस्ता व्यक्ति र समूहको खोजीमा नेपाल प्रहरी लागिरहेको छ, पक्राउ पर्ना साथ घटनाको प्रकृतिअनुसार कारबाही गछौं,’ उनले बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्