Logo

चाबहिल–साँखु र जोरपाटी–सुन्दरीजलको बाटो पिच भइसकेपछि मात्रै २०७७ साल आउँछ- रामेश्वर फुयााँल



काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामेश्वर फुयाँलले आफूहरु पूर्वाधार निर्माणमा सक्रिय भएको बताएका छन् । उनले सडक निर्माणको समयावधि समेत तोकेर बोलेका छन् । फुयाँलसँग ऋषि धमलाले गरेको कुराकानीः
अब जनताले नजप्रतिनिधिहरुलाई रयाखरयाख्ती पार्न थाले, हिजो के भयो ?
अब २०७७ साल अगाडि नै चाबहिलदेखि साँखुसम्मको सडक ८० प्रतिशतभन्दा बढी सुधार हुने छ । जोरपाटीदेखि सुन्दरजलसम्मको बाटो पनि मर्मत हुने छ, त्यसको लागि तीन ठाउँमा काम सुरु भइसकेको छ ।
त्यहाँका जनताले हिजो माधव नेपाललाई त गाली गरे नि ?
बाटो बनाउन २०७३ मा टेण्डर भएको थियो । जग्गा विवादका कारणले काम रोकिएको थियो । जनता अदालतमा गइसकेपछि उनीहरुको पक्षमा निर्णय नगर्ने भन्ने भएन । जनताले हामी जग्गा दिन्छौं पनि भनिसक्नुभएको छ । यसका लागि चाबहिल–सुन्दरीजल संघर्ष समितिका साथीहरुलाई थापा छ । पहिलाको भन्दा बाटो स्तरोन्नती धेरै भएको छ ।
सडक त बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे छ नि ?
वर्षामा केही हिलाम्मे भयो, अबदेखि त्यस्तो हुने छैन । बाटो बनाउन हामीसँगसँगै जनता आएर कोलादो पनि चलाए । हिजो समस्याहरु थिए, आउँदा दिनहरु फरक हुनेछन् ।
तपाईंहरु बोलेको कुरा किन पुरा गर्नुहुन्न ?
२०७७ सलाको नयाँ वर्ष तपाईं र मसँगै मनाउँछौं ।
मसँगै पर्दैन, जनतासँग मनाउनुस् न ?
जनतासँग नयाँ वर्ष मनाइरहेको समारोहमा तपाईंले प्रश्न गर्नुहुने छ, म त्यसमा उत्तर दिने छु ।
बोली पक्का हुनुपर्यो नि ?
भिजिट २०२० मा पर्यटन प्रर्वद्धनका लागि त्यहीबाटो भएर हिमाल हेर्न जाने छौं । त्यो कार्यक्रममा जानका लागि ऋण धमलाले चढेर आउने गाडी चाबहिलबाट सुन्दरीजल हुँदै आउनुहुन्छ । त्यसबेला प्रगति देख्नुहुन्छ । त्यसैले चाबहिलबाट जोरपाटीहुँदै साँखु पुग्नुहुन्छ, त्यहाँपनि प्रगति देख्नुहुन्छ । ती दुईवटा पर्यटन महोत्सव वारिपारि हुनेछन्, त्यसमा हज्जारौं जनता आउने छन् । त्यसबेला तपाईं म ‘देख्नुभयो भनेर सोध्नेछु’ ।
यो बाटो कति महिनामा पिच हुन्छ ?
यो बाटोको ८० प्रतिशत काम सकेर मात्रै नयाँ वर्ष आउन पाउँछ । नत्र २०७७ सालको नयाँ वर्षै आउँदैन ।
तपाईंहरुका कुरा जनताले पत्याउनेवाला छाडे नि ?
नयाँ वर्ष केही महिनापछि आउँदैन ? आइहाल्छ नि ।
नेपाली कि अंग्रेजी नयाँ वर्ष हो ?
चाबहिल–साँखु र जोरपाटी–सुन्दरीजलको बाटो पिच भइसकेपछि मात्रै २०७७ सालको नयाँ आउँछ, पहिले नै आउन पाउँछ । काम गरेपछि मात्रै नयाँ वर्ष आउने हो, काम नगरी आउँदैन नयाँ वर्ष ।
कतिवटा नयाँ वर्ष कुर्नुपर्ला ?
यही २०७७ सालको नयाँ वर्ष हो । २०७७ सम्म जनताको बीचमा उभिएर हामीले प्रगति देखाउने छौं ।
काम गरेरै देखाउन सक्नुहुन्छ ?
आजै तपाईं चुले निम्ता छ, सुपारी पठाउँछु । तपाईंकी छोरीसहित आउनुपर्छ ।
तपाईंले बोलेको पूरा भएन भने के गर्नुहुन्छ ?

२०७७ वैशाख १ गते मणिचुरमा तपाईंको टेलिभिजन आओस् । त्यो टेलिभिजनको गाडीले चाबहिलदेखि गरेको प्रगति हेर्दै आउनुपर्छ ।
महात्सव त होला तर जनताले सुविधा पाउने गरी विकास हुनुपर्यो नि ?
जनताकै लागि त विकास गरिएको हो नि । बाटो बनेपछि त्यहीका जनताले त्यसको सुविधा लिने त हुन् नि ।
माधव नेपाल किन नबोली गाडीमा पस्नुभयो, जनतासँग फेस गर्न किन सक्नुभएन ?
अनि गाडी नपसेर हुटमा चड्नुहुन्छ, तपाईं आफै भन्नुस् त ?
जनताले माधव नेपाललाई किन बहिष्कार गरे ?
उहाँलाई जनताले माला, खादा लगाएरै स्वागत गरेका छन् । जनताको भनाइ नखाएको के नेता । ‘हामी खली खान जनतासँग जाँदै छौं’ खली भनेको जनता हो, त्यहाँ नाच्न सक्ने डाग्रे हुन्छ ।’ त्यसैले जनताको बीचमा ननाच्ने नेता हुन्छ, ‘हामी त साधना गर्न गएका’, साधक भएर फर्केका छौं ।
प्रदेश सरकार किन सुतेर बसेको ?
प्रदेश सरकारले स्थायी राजधानी र नाम टुंगो गर्दछ । पुसको मसान्तभित्रै प्रदेशको नामाकरण टुंग्याउने छौं ।
प्रदेश नं. ३ को नामकरण गर्दा बागमती राख्दै हुनुहुन्छ ?
बागमती पनि धेरै माननीयजीहरुको प्रस्ताव छ । त्यसैगरी गौरीशंकर, नेपालमण्डल, राजधानी प्रदेश पनि प्रस्ताव गरिएको छ । यो प्रदेश संसद्ले नै टुंग्याउँछ ।
प्रदेश नं. ३ को राजधानी हेटौंडा नै हुन्छ ?
अस्थायी त हेटौंडा भइसकेको छ । स्थायी राजधानीको लागि आउँदो प्रदेश सभाको बैठकले टुंग्याउने छ । यसलाई पुस महिना काट्न दिँदैनौं ।
प्रदेश नं. ३ मा विकास त पटक्कै भएन नि ?
विकास गर्नकै लागि हामी निर्वाचित भएका हौं । पहिलो वर्ष ४५ वटा कानुन बनायौं । दुईवटा नियमावली बनायौं । फेरि संक्रमण कालको अन्तिम बेला थियो । अब आउँदा दिनमा विकास निर्माणका काम हुनेछन् ।
निर्वाचित भएर आएको दुई वर्षमा सिन्को पनि भाँच्न सक्नुभएन नि ?
अहिलेको हिउँद प्रदेश नं. ३ ले र स्थानीयतहले के ग¥यो भनेर जनताले थाहा पाउने हिउँद हुनेछ ।
जनताले त संघीयता असफल भयो भन्न थालेका छन् नि ?
जनताले चाहीं भनेको सुनेको छैन, संघीयता विरोधीहरुले भन्ने गरेको सुनेको छु ।
चित्रबहादुर केसीले त संघीयता विघटन गर्नुपर्छ भन्नुभएको छ नि ?
उहाँ त सुरुदेखि नै संघीयताको पक्षमा हुनुहुन्न नि ।
नेकपाको सरकारको पालामा जताततै भ्रष्टाचार र अनियमिततामा मुलुक डुब्यो नि किन ?
नेपालको आर्थिक अवस्था सुध्रिँदै गएको विश्व बैंकलगायतका इन्डिकेटेरहरुले देखाउन थालेका छन् । त्यसैगरी सरकारले लोककल्याणकारी काम गरेकोमा जनता धेरै खुसी भएका छन् । प्रतिपक्षी पार्टीहरुले उठाउने मुद्दालाई त हामीले थुन्न मिल्छ र लोकतान्त्रिक प्रणालीमा ?
सरकारी भनवहरु किन नक्सा बिना बन्दैछन् ?
सरकारले पनि नियम मान्नुपर्छ । त्यसैलाई मान्नुपर्ने भएकाले वरीयतामा धेरै माथि भएका व्यक्तिहरु अहिले जेलमा हुनुहुन्छ । त्यसको नक्सा पास भएको छ कि छैन त्यो हेरेपछि मात्रै म भन्छु ।



प्रतिक्रिया दिनुहोस्