Logo

को हुन् धनुषा बिष्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल



जनकपुर, २८ मंसिर । धनुषामा शुक्रबार मध्यराति भएको बम बिष्फोटमा परी ज्यान गुमाएका प्रहरी निरीक्षक अमिर दाहाल संखुवसभाका स्थायी बासिन्दा हुन् । निकै मिहेनतका साथ प्रहरी सेवामा प्रवेश गरेका उनी क्षमतावान् प्रहरी अधिकृतको परिचय बनाउन सफल थिए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको अंगरक्षक समेत रहिसकेका थिए । मादी नगरपालिकाका उनी मादी माविबाट एसएलसी दिएर उच्च शिक्षा हासिल गरी प्रहरी सेवामा प्रवेश गरेका थिए । उनकी पत्नी रेश्मा दाहाल र एक छोरा छन् ।

दाहाल धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए । शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्र नगरमा राजेशकुमार साहको घरको शौचालय अगाडि राखिएको बम एकिन गर्न जाने क्रममा बिष्फोट भएको थियो । त्यस क्रममा घरमुली ४६ वर्षीय राजेशकुमार साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । दाहाललाई राति नै उपचारका लागि धरान पुर्याइएको थियो । उनको विहान ७ बजे निधन भयो ।



प्रतिक्रिया दिनुहोस्