Logo

देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष



गलकोट, २८ मङ्सिर : रोट्रयाक्ट कलब अफ बागलुङले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कलबले गत तिहारमा खेलेको देउसीभैलोको रकमबाट रु एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको कलबका अध्यक्ष सुमित शाहीले बताए । यसअघि क्लबले स्टेज कार्यक्रम तथा विभिन्न सहयोगबाट रकम सङ्कलन गरी चार बागलुङ जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार चार विद्यार्थीलाई वर्षेनी रु पाँच हजारका दरले छात्रवृत्ति वितरण गर्दै आएको थियो ।

अक्षयकोष स्थापनापश्चात थप चार गरी आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष शाहीको भनाइ छ । देउसीभैलोबाट रु तीन लाख सङ्कलन भएको र खर्च कटाउँदा रु एक लाख ५० हजार बचत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्