Logo

नेकपा सचिवालय बैठक बस्दै, ओली पनि उपस्थित् हुने



काठमाडौं, २८ मंसिर । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ । भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठकमा छलफल हुने बुझिएको छ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित् हुने बुझिएको छ ।

यसअघिका दुई वटा बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । भोलि बस्ने स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गर्नेछन् । प्रतिवेदन लेखनको लागि अध्यक्ष दाहालले दुई दिन समय व्यतित गरेका थिए।



प्रतिक्रिया दिनुहोस्