Logo

काठमाडौंको भृकुटीमण्डपमा चौथो नेपाल मेडिकल एक्स्पो सुरु (फोटोफिचर)



काठमाडौं, २८ मंसिर । चौथो नेपाल मेडिकल एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोमा विभिन्न अस्पतालजन्य सामग्री तथा उपकरणहरु राखिएको छ। एक्स्पोमा करिब ६हजार भन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालका नर्स,चिकित्सक,मेडिकल विद्यार्थी,फामेसिस्टहरुले अवलोक गर्ने अनुमान आयोजकले गरेका छन् ।

१५ देशका करिब २ सय भन्दाबढी स्टलमा दुई सय ५० कम्पनीका ८ सय ब्राण्डका अस्पतालजन्य सामग्री र उपकरण प्रर्दशनीमा राखिएको छ।  एसडी प्रोम्रो मिडियाले आयोजना गरिएको एक्स्पोमा सह–आयोजक इइपिसि इण्डिया र केमिकल एण्ड मेडिकल सप्लायर एसोसियसन अफ नेपाल रहेका छ। एक्स्पोको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका हुन् । उक्त एक्स्पो तीनदिन सम्म चल्ने छ ।

तस्विर :ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्