Logo

नेपाली फिल्मको कन्तविजोग छ- जितु नेपाल, हाँस्यकालाकार



काठमाडौं, २९ मंसिर । हाँस्य कलाकार जितु नेपाल जनमनमा स्थापित छन् । उनले जनजीविकाको सवालमा विषय उठाएर जनतालाई हसाउँने र चेतनशील बनाउने गर्दै आएका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानी ।
देशलाई मनोरञ्जन दिन हाँस्यकलाकार किन असफल भए ?
असफल भएका छैनन्, मेरो प्रत्येक हप्ता मुन्द्रे कमेडी क्लब आइरहेको छ । स्टेज कार्यक्रममा पनि हिडिराखेको छु ।
कुन कुन ठाउँमा जाने भयो, पछिल्लो समय कार्यक्रम गर्न ?
पछिल्लो समय महानायक राजेश धमलाजीसहित अन्य कलाकारहरु सातवटै प्रदेशमा सप्तरङ्गी कार्यक्रम गरेर फर्किएका छौं ।
ती ठाउँमा गएर गीत गाउनुभयो कि, हास्यव्यंग्य गर्नुभयो ?
मेरो विधा पनि हास्य हो, पछिल्लो समय ब्यांग्य भन्दा पनि सन्देशमुलक हास्य कार्यक्रम नै गर्छु ।
सन्देशमुलक किन गर्नुभयो, तपाईं ब्यांग्य छैन ?
अहिलेसम्म जति व्यंग्य गरियो, त्यसबाट खासै उपलब्धि भयो जस्तो लागेन । दर्शक एकछिन हाँसे, ताली बजाए सकियो । हाम्रो देश यस्तो भइसकेको छ, जहाँ व्यंग्यले छुँदैन । मेरो काम टर्छ त्यति हो ।
कार्यक्रममा जानुहुन्छ तपाईंले पैसा पाउनुहुन्छ, त्यति हो ?
यस्तै कार्यक्रममा बोलाउँछन्, गइन्छ हँसाइन्छ त्यति हो । अरु हुनेवाला केही छैन ।
तपाईं पनि राजनीतिमै जानुहुन्छ त ?
होइन, म राजनीतिमा जान्न ।
तपाईंले राजनीति विषयवस्तु छोड्नुभएको हो र ?
राजनीतिमा कति क्यारिकेचर गर्ने, त्यही नेता त्यही विषय अनि मन लाग्न छाड्यो । फेरि नेपालमा अरु विषयवस्तु पनि त छ नि ।
राजनीति तपाईंको लागि छनोटको विषय भएन ?
त्यसलाई मैले धेरै प्राथमिकता दिन छोडेँ । आज २३-२४ वर्ष भयो मैले कमेडी गर्न थालेको त्यही विषयमा त्यही नेतालाई कति गर्ने ?
देशको मूल नीति त राजनीति नै हो नि ?
गर्नेले राजनीति गरेका छन् । त्यसको अर्थ फेरि स्याट्टै छोडिहालेको भन्ने होइन । अलि फरक पाराको गरौं भन्ने हो ।
फरक पाराको कसरी गर्ने ?
फरक पाटो भनेको जस्तो हामीले सप्तरंगीमा चेतनामुलक खालको कार्यक्रम गरेर आयौं । हामी सरसफाइ भन्छौं आपैm गरिराखेका हुन्छौं । समृद्धि भन्छौं कसरी गर्ने थाहा छैन, पढाइका कुरा, कुपोषणका कुरा छन् । गाउँमा रोटी पाक्न, मकै भुट्न छोडे, बिहान गाई, भैंसीको तातो दूध बच्चालाई खुवाउने चलन थियो त्यो छोड्यौं । आमाहरुको हातमा मोबाइल छ, बच्चाको हातमा चाउचाउ छ । जसले गर्दा बच्चाहरुमा विभिन्न रोग लाग्ने । यस्तो कुराको बारेमा जनतामा चेतना पैmलाउने काम गर्न तिर लागिएको छ, कलाको माध्यमबाट ।
मोबाइल बिना त नेपालीको जीवनस्तरै अगाडि नबढ्ने भयो नि ?
सही ढंगले प्रयोग गर्दा मोबाइल सबैभन्दा उपयोग वस्तु हो । तर, आवश्यकताभन्दा बढी हुनु त राम्रो होइन नि । औषधि पनि डाक्टरले लेखेको जति खानुपर्छ, त्योभन्दा बढी भयो भने के हुन्छ ?
औषधिमा त मात्रा हुन्छ नि ?
हो, त्यही मात्रा जानिरहेका छैनौं ।
हाँस्य व्यङ्ग्यमा मात्रा ठीक भएकाले तपाईंहरु सही हुनुहुन्छ हो ?
हामी ठीक छौं भन्न खोजेको होइन । हामी कुनै वस्तु जनता, स्रोताबीच पस्किन्छौं भने समाज र समय सुहाउँदो त छान्नुप¥यो नि । जथाभावी कमेन्ट गरेर एकछिन रमाइलो मात्रै गरेर भएन नि ।
अहिले मुलुकमा भ्रष्टाचार बढेको छ नि के भन्नुहुन्छ ?
भ्रष्टाचारको कुरा तपाईंहरुले खोज्ने हो । म सच्चा कलाकार भएकाले कलाकै माध्यमबाट सन्देश दिन चाहन्छु ।
कांग्रेसभित्रको राजनीति पनि थाहा पाउनुभएको होला नि ?
अस्ति केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल दाइले बैठक बहिष्कार गर्नुभयो भन्ने सुनेको थिएँ । अरु न्यूज हेरिनँ, म आजभोलि पत्रपत्रिका त्यति पढ्दिनँ ।
तपाईं सोसल मिडिया चलाउनुहुन्न हो ?
अलिअलि चलाउँछु । मेरो आफ्नो कामको लागि भोलि कहाँ जाने, त्यो राख्छु, मुन्द्रे क्लबमा कसलाई बोलाइएको छ, त्यो राख्छु ।
नकारात्मक कुरा तपार्इंं फेसबुकमा राख्नुहुन्न ?
म सामाजिक सञ्जालमा कसैको पनि नकारात्मक कुरा राख्दिनँ ।
फेसबुक त्यति चलाउनुहुन्न हो ?
चलाउँछु, मेरो अहिले पनि दुई लाख हाराहारी फलोअर हुनुहुन्छ । उहाँहरुसँग सम्भव भएसम्म आफ्ना कुरा राख्छु । त्यसको मतलब सधैं अनावश्यक टिकाटिप्पणी गर्नुपर्छ भन्ने होइन ।
गीत, संगीत र चलचित्रको कुरा गर्दा हामी कहाँ छौं ?
हामी जहाँ थियौं, त्यही छौं । चलचित्र अहिले त्यति चलेका छैनन् । फेरि नेपाली चलचित्रहरु जुन प्रकारले बनाउनुपर्ने त्यो पनि भएको छैन । लेखकले राम्रो कथावस्तु लेख्दैनन् । चलचित्र बनाउने काम धेरै महंगो र अप्ठ्यारो छ ।
नचल्नुको कारण के हो ?
जसले लगानी गर्छ उसैलाई फिल्म उडाउनुपर्ने हुन्छ । त्यसले गर्दा फिल्मले हावा खान्छ ।
यो क्षेत्रमा आउँदा बुझेर आउनुपर्छ हो ?
जानेर कला भनेको के हो बुझेर आउनुपर्छ । कस्तोसम्म भएको छ भने दुई करोड रुपैयाँ लगानी गरेका मान्छे पाँच लाख पनि हात नपरी रित्तै फर्किएको पनि देखिएको छ ।
नेपाली चलचित्रको अवस्था कन्तबिजोग भएको हो ?
कन्तबिजोग नै छ ।
हलमा गएर फिल्म हेर्ने मान्छे देखिँदैन हो ?
हो, अहिले देखिएको छैन । फिल्म बनाउने भनेपछि हिरो, हिरोइनले इति र उति चाहिन्छ भन्छन् । लगानी गर्नेको पैसा उठ्नुपर्दैन । पछिल्लो समय साहरुख खानले नेपालका डिस्टिब्युटरको पैसा फर्काउनुभयो रे । उहाँले ‘मेरो फिल्म चलेन छ, तपार्ईलाई घाटा लाग्यो’ भनेर फर्काउनुभएको रे । नेपालीमा त्यो इमान्दारिता खोई ? त्यसैले जुनसुकै पेशामा पनि दक्षतासँगै इमान्दारिता चाहिन्छ ।- File Photo



प्रतिक्रिया दिनुहोस्