Logo

अपराध र विकृति भित्र्याउँदै रोहिंग्या समुदाय, स्थानीय त्रसित



काठमाण्डौ । भुटानी शरणार्थी भोगिसकेको नेपालले अब म्यानमारका रोहिंग्या समुदाय पनि भोग्दैछ भन्दा फरक नपर्ला । काठमाण्डौको कपनमा दिनप्रतिदिन रोहिग्या समुदायको संख्या बढिरहेको छ । स्थानीय नागरिकलाई समस्या थपिइरहेको छ । तर सरकार भने बेखबर जस्तै छ ।

यो वस्ती काठमाण्डौको कपनको हो । जहाँ नेपाली नागरिक होइन, म्यानमारका रोहिग्या समुदाय बस्छन् । सन् २०१२ मा मच्चिएको हिंसापछि म्यानमारबाट बंगलादेश, भारत हुँदै रोहिंग्या मुस्लिम नेपाल प्रवेश गरेका थिए । निजी जग्गा भाडामा लिएर करिव ५ सयको हाराहारीमा ४ समुह बनाई बुढानिलकण्ठ नगरपालीका वडा नं ११ कपनमा अस्थायी टहरो निर्माण नै गरेर बसेका छन् ।

उनीहरुलाई विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले सहयोग गरिरहेको छ । बुढानिलकण्ठ नगरपालिकाले भने आधारभूत आवश्यकताको व्यवस्था गरेको ११ नम्बर वडाका अध्यक्ष राजु अधिकारीले जानकारी दिए । तर दीर्घकालिन समस्या समाधानका लागि रोहिग्या समुदायलाई उक्त ठाउँबाट हटाउनुपर्नेमा नगरपालिकाले जोड दिएको छ । रोहिग्या समुदायकै कारण स्थानीय नागरिकले समस्या भोग्नुपरेको छ । अपराधिक घटनासमेत बढिरहेको वडाध्यक्ष अधिकारीले बताए ।

अवस्था यतिसम्म दयनीय छ कि, स्थानीय नागरिक रोहिग्या समुदायको त्रासमा बाँच्नुपरेको छ । झै झगडा गर्नेदेखि चोरी डकैटीमा पनि रोहिग्या समुदायको संलग्नता बढ्दै गएको छ । रातको समयमा त सार्वजनिक स्थानमा हिँडडुल गर्नसमेत डराउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएका रोहिंग्या शरणार्थीहरू काम खोज्दै काभ्रेदेखि गोरखासम्म पुगेका पाइएका छन् । उनीहरू गैरकानुनी ढंगले काम गर्ने गरेका छन् । तर गृह मन्त्रालय र अध्यागमन विभागले भने रोहिंग्याहरूका बारेमा राम्रोसँग जानकारी लिने कामसमेत गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्