Logo

नेपालका अधिकारकर्मीलाई अन्तराष्ट्रिय मानव अधिकार अवार्ड प्रदान



काठमाण्डौ । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको अवसरमा नेपालका दुई युवा अधिकारकर्मी लाई उत्कृष्ट सामाजिक कार्य गरे बापत भारतमा अन्तर्राष्ट्रिय मानव अधिकार अवार्ड २०१९ बाट सम्मान गरिएको छ ।

नेसनल एन्टी क्राइम एण्ड ह्युमन राइट्स काउन्सिल अफ इंडिया द्धवारा भारतको केरला राज्य स्थित कोचिन शहरमा आयोजित एक विशेष समारोहमा वहाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा सामाजिक अभियन्ता तथा चलचित्र लेखक, निर्देशक, निर्माता श्रीदेव बि.एल. र नेपाल पिछडा वर्ग विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश मणि राउत रहेका छन् ।

कार्यक्रममा सम्मानित श्रीदेव बि.एल. द्धवारा कार्यक्रम आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष नेपाली भाषी दिवस लामा तथा उपाध्यक्ष मिर्जा सौकत हुसैन लाई नेपाली ढाका टोपी पहिराई नेपाल भ्रमण वर्षृ(२०२० को बारेमा छोटो जानकारी दिदै नेपाल भ्रमण गर्न निम्तो पनि दिएका थिए ।

नेपाल पिछडा वर्ग विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश मणि राउत यस अघि पनि सोहि संस्था बाट सम्मानित भैसकेका छन् । नेपालका पिछडा वर्गको हक हित र उत्थानका लागि लगातार संघर्ष गर्दै आइरहेका राउत को उत्कृष्ट कार्य लाइ उच्च मुल्यांकन गर्दै सो संस्था बाट पुनस् सम्मान गरिएको हो ।

समारोहमा नेपाल, भारत, टर्की, अस्ट्रेलिया, अमेरिका, बेलायत लगायत अन्य विभिन्न ११ देशका सामाजिक अभियन्ताहरु लाइ उत्कृष्ट सामाजिक कार्य गरे बापत अवार्ड प्रदान तथा सम्मान गरिएको थियो । आयोजक संस्थाका तर्फ बाट सम्मानित व्यक्तित्वहरु लाइ ट्रफी, प्रमाण पत्र तथा २४ क्यारेट सुन बाट निर्मित गोल्ड मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा केरला राज्य की स्वास्थ्य तथा समाज कल्याण मंत्री श्रीमती के के शैलजा, केरला उच्च अदालतका मुख्य न्यायाधिश बि. कमल पाशा, कोचिन महानगर की मेयर श्रीमती सौमिनी जैन, सिक्किम राज्यका नवनियुक्त गभर्नर डाक्टर सवाद मोलवी, भारतीय लोक जनशक्ति पार्टीका राष्ट्रिय महासचिव शहनवाज यु.एम, दुबइ का उध्योगपती शैयद मुहम्मद अलकुरेशी, बलिवूड का लेखक तथा निर्देशक सतिश पौल भी. राज तथा अन्य थुप्रै विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्