Logo

श्रेष्ठको निधनप्रति दुख व्यक्त



काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शोक सन्देश जारी गर्दै उनको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताएका छन् । नेता श्रेष्ठको ९२ वर्षको उमेरमा मंसिर २७ गते निधन भएको थियो ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्