Logo

आजको बैठक पनि अनिश्चित,देउवाको पहलमा पौडेलले पानी खनाए



काठमाडौं २९ मंसिर । कांग्रेसमा महाधिवेसन कार्यतालिका विवाद उत्कर्षमा पुगेको छ । आफ्नो एजेण्डामा सहमति गराउन कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको मिहेनतमा बरिष्ठ नेता रामचन्द पौडेलले पानी खनाएका छन् । हिजो सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवासमा पुगेर छलफल गेका देउवालाई पौडेलले आफ्नो वातर्चा टोलीसँग कुरा गर्न जवाफ दिएकाछन् ।

पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त राखेका छन् । पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो । बैठकमा सभापति देउवाले विभागहरु थप्र्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश गरेका थिए ।

सहमतिविना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको थियो। तर, देउवाले बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ पुर्‍याउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेका छन्।

शुक्रबार चाक्सीबारीमा बसेको पौडेल समुहको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै पौडेल समुहले प्रकाशमान सिंहको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको छ । सदस्यमा दीलेन्द्रप्रसाद बडू र हृदयराम थानी हुनुहुन्छ । देउवाले वार्ता गर्ने जिम्मेवारी उपसभापति विमलेन्द निधिलाई दिएका छन् । गुटगत वार्ता टोलीले गरेको वार्ता पनि सहमतिमा पुगको छैन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो। राधेश्याम अधिकारी नेतृत्वको कांग्रेसले बनाएको निर्वाचन समितिले २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरणमा आएको लोकतान्त्रिक फोरम र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई समायोजन गर्ने काम सकेपछि महाधिवेशनको कार्यतालिका ल्याउने देउवाले बताएका थिए।



प्रतिक्रिया दिनुहोस्