Logo

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु



काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दोलखाबाट काठमाडौं आउदै गरेको बा ४ ख ४४६८ नम्बरको बस खाडिचौर–जिरी सडकखण्ड अन्तर्गत ६ किलो भन्ने ठाँउमा दुर्घटनामा परेको हो ।

आइतबार बिहान दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तिर्थयात्रीहरु बोकेको बस दुर्घटनामा परेको प्रारम्भीक खवर प्राप्त भएको छ । उक्त दुर्घटनामा ११ जनाको मृत्यु र कयौ घाइते भएको घटनास्थलमा रहेको प्रहरीले जानकारी गराएको छ ।घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्