Logo

यःमरी बनाउँदै सुन्दरी



काठमाडौँ, २९ मंसिर । युवापुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गने उद्देश्यले मिस नेवाः, किड क्विन तथा मिस लिटिल नेवाःका विजेताहरुले यःमरी बनाएका छन् । सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक अर्कालाई यःमरी बनाउन सिकाएर यःमरी पूर्णिमा मनाएका हुन ।

आफूहरुले सिकेको यःमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा यःमरी बनाएर यो चाड मनाउने मिस नेवाः विजेताहरुले बताए। नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धरले आफ्नो कला संस्कृतिलाई युवावर्गमा हस्तान्तरण गर्न यस प्रकारको कार्यक्रम गरेको जानकारी दिए। आफ्नो संस्कृतिलाई नेवाः तथा गैरनेवाःहरुमा माझ पनि सिकाउनुपर्ने मानन्धरको धारणा छ । नेवाः चाड पर्वमध्यको महत्वपूर्ण पर्व यःमरी पुन्ही भएकाले यो दिवस मनाइएको बताउँदै यःमरी संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि आफूहरुले मिस नेवाःहरुलाई यःमरी बनाउन सिकाएको जानकारी दिए।

यस्तै, पूर्व मिस नेवाः सुनिता डंगोलले यःमरी बनाउन सिकाउन पाएकोमा खुसी ब्यक्त गर्दे भने, मैले जानेको कुरा नेवाः तथा गैरनेवाः बहिनीहरुलाई सिकाउन पाएकोमा धेरै गर्व लागेको छ ।’
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्