Logo

सिन्धुपाल्चोक बस दुघर्टनाः मृत्यु हुनेको संख्या १६ पुग्यो



काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस खाडिचौर–जिरी सडकखण्ड अन्तर्गत ६ किलो भन्ने ठाँउमा दुर्घटनामा परेको हो ।

आइतबार बिहान दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तिर्थयात्रीहरु बोकेको बस दुर्घटनामा परेको प्रारम्भीक खवर प्राप्त भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।



प्रतिक्रिया दिनुहोस्