Logo

शिव श्रेष्ठको डरलाग्दो अवतार



काठमाडौं, २९ मंसिर । चलचित्र प्रेमगीत-३ मा शिव श्रेष्ठ डरलाग्दो अवतारमा देखिएका छन् । मुस्ताङे राजाको भूमिका निभाएका उनी हिमाली क्षेत्रमा लगाउने पोशाकमा डरलाग्दो देखिएका हुन् ।

नेपाली चलचित्रका एक्सन हीरो शिव श्रेष्ठ चेँगिज खाँ जस्तै देखिन्छन् । खाँ १२ औं शताब्दीका डरलाग्दा योद्धा हुन् । विश्व विजेता खाँ का बारे धेरै चलचित्र बनेका छन् । त्यसका पात्र डरलाग्दा देखिन्छन् ।

प्रेमगीत ३ मा शिव श्रेष्ठ हेर्दै खतरनाक र क्रुर देखिन्छन् । चलचित्रमा उनले घोडा चढेको अवतरा झनै डरलाग्दो छ । यो तस्बिर शिवले चलचित्र बजारमा आउनुभन्दा केही समय अघिमात्र सार्वजनिक गर्ने सोच बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्