Logo

निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित



मध्यपुरथिमि, २९ मङ्सिर : समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् ।

सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो ।

आँखा, दाँत तथा जनरल परीक्षण विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले गरेका थिए । नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो रक्तचाप जाँच गराइ शिविरको शुभारम्भ गर्दै नगरबासीको स्वास्थ्यमा पहिलो पहिलो प्राथमिकता दिएको बताए ।

सिद्धीदास माध्यामिक विद्यालयका प्राचार्य लोकेन्द्र अर्यालले समय समयमा आफ्नो विद्यालयले स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको जानकारी दिए । सो अवसरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्