Logo

नेकपा सचिवालय बैठक सम्पन्न (निर्णयसहित)



काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । ओलीले पनि आफ्नो स्वास्थ्य अवस्थाको पछिल्लो अपडेट बैठकमा गराएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले स्थायी समिति बैठकको कार्यसूची तय गरेको जानकारी दिए । उनकाअनुसार अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली सहितको परामर्शका आधारमा तय गरेको राजनीतिक प्रतिवेदन पहिलो कार्यसूचीका रुपमा स्थायी समिति बैठकमा पेश हुनेछ।

त्यसपछि विधान संसोधन, नेपाल-भारत सीमा समस्या, केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण र विविध विषयमा केन्द्रीत रहने गरी स्थायी समिति बैठकको एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आज दिउँसो १ बजे बस्ने स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । तर, त्यसभन्दा अघि अध्यक्ष दाहालले आजको सचिवालय बैठकमा प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन अध्यक्षद्धय ओली र दाहालले आज पारित गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्