Logo

चन्द्र सतहमा रोबोट पठाइने



चन्द्र सतहमा मानवनिर्मित रोबोट पठाइने भएको छ । यसको निर्माण रुस र जापानले संयुक्त रुपा शुरु गरेका छन् ।

रुसको एन्ड्रोइड टेक्नोलोजी कम्पनि र जापानको जिटाइले रोबोट बनाउन शुरु गरेका हुन् । रोबोट चन्द्रमाको नजिक र टाढाको सतहबारे जानकारी लिने उद्देयले निर्माण हुनेछ । यसका लागि विभिन्न चरणमा निर्माण गर्ने योजना बनाइएको छ ।

रुस र जापान मिलेर अन्तरीक्ष रोबोट बनाउने भएपछि खगोलविद्हरुले चासो बढाएका छन् । रुसले अन्तरीक्षमा धेरै पहिले देखि चासो दिएपनि जापानले पछिल्लो समय बढी चासो दिन थालेको छ ।- TASS



प्रतिक्रिया दिनुहोस्