Logo

तनावमुक्त भएर रमाइलो गर्ने तरिका



हामी जाडोको विदा सुरु हुनु भन्दा पहिले नै योजना बनाईसकेको हुन्छौं । आनन्द लिन टाढा गएर टिकट बुकिग गर्नु भन्दा पहिला विचार गर्नु राम्रो हुन्छ । अन्य केही महत्वपूर्ण विषय छन् जसबाट हामी तनाव मुक्त भएर आनन्द लिन सक्छौं ।

उपयुक्त योजना

धेरै जसो आन्तरिक अथवा बाह्य पर्यटक जाने गन्तव्य स्थानमा भिडभाड हुन्छ । त्यसैले एउटा आरामदायी स्थानको लागी टिकट बुकिंग गर्नुहोस । बुकिंग गरिसकेपछि आफ्नो परिवारलाई लिएर जान सक्नु हुन्छ । साथीहरुसंग मजा लिन सक्नुहुन्छ ।

बार्गेलिङ गर्नुृपर्छ

इन्टरनेटबाट टिकट लिँदा सकेसम्म छुटमा काम लिन सक्नुपर्छ । तपाँई राम्रो योजनाको साथमा कम बजेटमा टिकट बुक गर्न सक्नुहुनेछ । होटलको सम्बन्धमा पनि यस्तै गर्नुहुन्छ । समयमा नै बुकिंग गरे सस्तोमा पनि मिल्न सक्छ भने ढिलो जादा महँगोमा पर्न पनि सकिन्छ ।

मोटर भन्दा हवाइजहाज रोजौ

घुम्नको लागी सबै परिवारको साथमा जादा अझ रमाइलो हुन्छ । घुम्न जाँदा केटाकेटीहरु र जेष्ठ नागरीक पनि संगै जाने हुनाले ढिलो गुड्ने भन्दा उड्ने विकल्प रोज्नुपर्छ ।

यात्रा सम्बन्धित जानकारी राख्नुहोस्

तपाई यात्रा गर्दै हुनुहुन्छ भने कुन बाट जादै छौ, के मा जादै छौ र भरपर्दो छ की छैन भन्ने नजरअन्दाज गर्नुहोस ।

जाने स्थानको जानकारी लिने

तपाई जहाँ जानुहुन्छ त्यहाको मौसम, होटल, संस्कृति र खानाको वारेमा पुर्ण जानकारी पहिले नै राख्नुहोस । ताकी विदाको मज्जा लिन सक्नुहुनेछ ।

सबैचिजको लिस्ट बनाउनुहोस

आफुलाई आवश्यक औषधी, आईडी प्रुफ, पासपोर्ट यी सबैकुरा महत्वपुर्ण हुन । जहाँ जाँदा पनि बिर्सनुहुँदैन ।



प्रतिक्रिया दिनुहोस्