Logo

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुग्यो



काठमाण्डौँ, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । दोलखाबाट काठमाण्डौँ आउदै गरेको बा ४ ख ४४६८ नम्बरको बस खाडिचौर जिरी सडक खण्ड अन्तरगत ६ किलो भन्ने ठाँउमा दुर्घटना भएको थियो ।

आइतबार बिहान दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तिर्थयात्रीहरु बोकेको बस दुर्घटनामा परेको खवर प्राप्त भएको थियो । उक्त दुर्घटनामा १४ जनाको मृत्यु र कयौ घाइते भएको घटनास्थलमा रहेको प्रहरीले जानकारी गराएको छ ।

घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्