Logo

नेकपा स्थायी समिति बैठक सुरु



काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।

अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित् छन् । आजको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । उक्त प्रस्तावबारे विहान बसेको सचिवालय बैठकमा समेत छलफल भएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्