Logo

कलमको निहुमा दश वर्षीया बालिकाले साथीको हत्या गरिन्



दश वर्षीया बालिकाले कलम लिएको भन्दै आफ्नी साथीको हत्या गरेकी छिन् । बुधबार उनकी साथी परीक्षा दिन गएपछि फर्किइनन् ।

घर नफर्किएपछि उनका अभिभावकले खोजतलासी गर्ने क्रममा बालिकाको शव रगतले पुरीएको भेट्टिएको थियो । परीक्षा दिनेक्रममा दुवै साथीबीच झगडा भएको थियो । झगडा हुनेक्रममा दश वर्षीया बालिकाले कलम थुतेकी थिइन् । परीक्षा सकेपछि बालिका घर गएर पुनः कलम लिएकी साथीसंग झगडा गर्न पुगेकी थिइन् ।

साथीलाई फलामको रडले हिर्काएकी थिइन् । जसकारण बालिकाको टाउकोबाट अत्याधिक मात्रामा रगत बगेको थियो । टाउकोबाट अत्याधिक मात्रामा रगत बग्दापनि उनले साथीलाई प्रहरी बेलाइदिने धम्की समेत दिएकी थिइन् । प्रहरीको नाम लिनासाथ दश वर्षीय बालिका आफ्नो घरभित्र पसेर धारिलो चक्कु ल्याएर आक्रमण गरिन् । सोही क्रममा उनको मूत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाले आफ्नो साथीमाथि करिब १९ पटक टाउकोमा प्रहार गरेकी थिइन् । चोटका कारण रक्तश्राव भएपछि मृत्यु भयो । साथीमाथि प्रहार गरेकी बालिकाले आफूले सहपाठीलाई मारेको महसुस गरिन् र उनले त्यहाँ रहेको रगत र अन्य सामाग्रीलाई सफा गरेकी थिइन् । हत्यापछि आफ्नो सहपाठीलाई उनले प्लास्टिकमा बाँधेर घर नजिकको तालमा फालिन् । उक्त घटनापछि सो तालमा माछा मार्न गएको एक दम्पित्तिलाई शव फेला परेका थिए । शवको पोस्टमार्टम र अनुसन्धानपछि यथार्थ पत्ता लागेको हो । बलिका सहित उनको अभिभावक समेतलाई प्रहरीले हिरासतमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्