Logo

अश्वेत सुन्दरीले पहिरिए विश्व सुन्दरी र ब्रम्हाण्ड सुन्दरीको ताज



सन् २०१९ को विश्व सुन्दरी र ब्रम्हाण्ड सुन्दरी प्रतियोगिताको ताज अश्वेत महिलाहरुले जितेका छन् । विश्व सुन्दरी बनेकी टोनी अन सिंह जमैकाकी हुन् ।

सिंहले फ्रान्सकी ओपेली मेजिनो र भारतकी सुमन राओलाई पछि पार्दै ताज पहिरिइन् । सिंहकी आमाको पूर्खा अफ्रिकी क्यारेबियन मूलका हुन् भने बाबु क्यारबियानमा बसोबास गर्ने भारतीय मूलका हुन् ।

यसवर्षको ब्रम्हाण्ड सुन्दरीको ताज पहिरिने पनि अश्वेत हुन् दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले ८ डिसेम्बरमा ताज पहिरिएकी हुन् । टुन्जी निकै क्षमतावान छिन् ।

अश्वेत महिलाहरुले विश्व सुन्दरी र ब्रम्हाण्ड सुन्दरीको ताज पहिरिएपछि सुन्दरी प्रतियोगिताको गरिमा झनै बढेको विश्लेषण भइरहेको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्