Logo

पन्तको नेतृत्वमा माक्र्सवादी युवा मञ्च गठन, यस्तो छ उद्देश्य



गोरखा, २९ मंसिर । पत्रकार सागर पन्तको नेतृत्वमा माक्र्सवादी युवा मञ्च गठन भएको छ । गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार क्षेत्रमा भएको मञ्चको दुईदिने प्रथम भेलाले पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति गठन गरेको छ । पन्त प्रेस संगठन नेपाल, काठमाडौंका संयोजकसमेत हुन् ।

भेलाले मञ्चको सचिवमा विकास भट्टराईलाई चयन गरेको छ भने सदस्यहरुमा धीरज उपरकोटी, अर्जुन पन्त, सुमन अधिकारी, अशोक मरहट्टा, अनिल पन्त, र वसन्त देवकोटलाई चयन गरेको छ ।

त्यस्तै, देवराज गुरुङ, नारायण अधिकारी, हरि भट्ट, सुवास ढकाल, रबिन गैरे, अञ्जन कुमार श्रेष्ठ, सुशिल दुवाडी र अभिषेक अर्याललाई पनि सदस्य बनाइएको संयोजक पन्तले रिपोर्टर्स नेपाल डटकमका पत्रकार उत्तमराज पन्तलाई जानकारी दिए ।

मञ्चले जिल्ला जिल्लामा पुगेर माक्र्सवादसम्बन्धी छलफल, अन्तरक्रिया तथा वैचारिक स्कुल सञ्चालन गर्ने उद्देश्य लिएको संयोजक पन्तले स्पष्ट पारे । उनले भने,‘‘मञ्चले जिल्ला जिल्लामा पुगेर माक्र्सवाद सम्बन्धी छलफल, अन्तरक्रिया तथा बैचारिक स्कुल सञ्चालन गर्छ, युवा पुस्तालाई माक्र्सवादको आधारभूत शिक्षा प्रदान गर्न, समसामयिक विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विषयमा छलफल चलाउन मञ्चको भूमिका प्रभावकारी हुनेपनि हामीले विश्वास लिएका छौं ।’

भेलाले तीन सदस्यपछि थप्ने गरि पाच सदस्यीय सल्लाहकार समिति समेत चयन गरको छ । जसमा लेखनाथ न्यौपाने र डा. बाबुराम अधिकारी रहेका छन्। त्यस्तै, भेलाले गोरखाको ऐतिहासिक लिगलिगकोट लगायत अन्य क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागि सक्दो भूमिका खेल्ने निणर्य पनि गरेको संयोजक पन्तले जानकारी दिए । भेलामा नेकपा गण्डकी प्रदेशका सदस्य जुद्धबिलास भण्डारी, नेकपा पालुङटार नगर कमिटी अध्यक्ष विवश चिन्तनलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्