Logo

कृषकको दिन आयो, प्याज बेचेर करोडपति



प्याजको मूल्य बढेर किर्तिमान कायम गर्दा व्यापारी मात्र नभई किसानले पनि मनग्य फाइदा लिएका छन् । ऋणमा र्चुलुम्म डुबेका किसान करोडपति बनेका छन् ।

भारतको बैंगलोर नजिकै गाउँका एकजना किसान प्याज बेचेर करोडपति भएका छन् । उनले जोखिम उठाएर प्याज खेती गरेका थिए । मल्लिकार्जुन नामका ती किसानले १५ लाख भारतीय रुपैयाँ ऋण लिएर डेढ सय रोपनी जग्गामा प्याज खेती गरे ।

उनले २४० टन प्याज फलाए । प्याज संकलन गरेर राखे । सुकेको प्याज संकलन गरेर राख्दा १० लाखसम्म नाफा कमाउने आशा राखे । तर, प्याजको मूल्य बढेर दुई सय रुपैयाँ प्रतिकेजी पुग्यो । उनी रातारात करोडपति बने ।

२० ट्रक प्याज बेच्दा उनले चार करोड भारु भन्दा बढी आम्दानी गरे । सबै खर्च कटाएर चार करोड नाफा कमाए । ऋणमा चुर्लुम्म डुबेका मल्लिकार्जुन अहिले करोडपति बनेका छन् । उनी थप खेत किन्दैछन् । घर बनाउने सोच बनाउँदैछन् ।

प्याजको भाउ आउँदा कृषकले कमाएपछि भारतमा कृषकको दिन आएको चर्चा चलेका छ । भारत कृषकहरुले सबैभन्दा बढी आत्महत्या गर्ने देशमा पर्छ ।



प्रतिक्रिया दिनुहोस्