Logo

नेकपा स्थायी समिति बैठक सम्पन्न : पाँच कार्यसुचि पारित, अर्को बैठक भोलि बस्ने



काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच वटा कार्यसुची पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठकले अध्यक्षद्धय ओली र दाहालले मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने जनाए । त्यस्तै, भारतसँगको सीमा विवादबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको पनि उनले स्पष्ट पारे । स्थायी समितिको अर्को बैठक भोलि (सोमबार) विहान ११ बजे बस्नेगरि स्थगित भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्