Logo

भन्सारका हाकिम भ्रष्टाचार गर्दै जेठानबाट रकम व्यवस्थापन गर्दै



विराटनगर, मंसिर २९ । उनी भ्रष्टाचार गरी रकम आर्जन गर्थे र पैसा व्यवस्थापन नातेदारमार्फत् गर्थे । घुस लिदै रकम व्यवस्थापन नातेदारमार्फत् गर्दै गरेपनि अख्तियारको फन्दामा परिछाडे ।

उनी हुन् विराटनगर भन्सार कार्यालय, मोरङको तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत । उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर गरेको छ । शुक्रबार मुद्दा दायर गरिएका उनका बारे अख्तियारले गम्भीर खुलासा समेत गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेकोमा अनुसन्धान हुँदा मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत बस्नेतले विदेश बाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसंग आयात गरिएका सामानहरु भन्सार बाट छुटाउने प्रयोजनको लागी १७ लाख घुस लिएको तथ्य प्रमाणित हुन आएको अख्तियारले जनाएको छ ।

बस्नेतले घुस लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा नविल बैंकको खातामा जम्मा गरेको देखिएको अख्तियारले जानकारी दिएको छ । नविनकुमार गौलीले बस्नेतले पाउने कमिशन वापतको रकम विभिन्न व्यवसायमा लगानी गर्ने गरेको पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्