Logo

माया देखाउने तरिका



विभिन्न देशको आफ्नो आफ्नो रितिरिवाज फरक फरक हुन्छ । कसैको माया गर्ने वा घृणा गर्ने तरिका पनि फरक हुन सक्छ । इन्डोनेसियामा केही यस्ता रितीरिवाज छन् । ठूलाको लागि सम्मान र सानाको लागि माया देखाउने तरिका सबै फरक छ । त्यहाँको मानिसको जीवन धेरै फरक भएपनि सजिलो छ ।

एउटै कुराले ठुला मानिसको लागि सम्मान र साथीको लागि मायामा जनाउँदछन् । यदि कसैले चोरी औला देखाएर कुरा गर्छ भने शिष्टाचारको विरुद्ध मानिन्छ । चोरी औंला तेर्साउनु आफूभन्दा ठूलाको अपमान गर्ने बराबर नै हुन्छ । राम्रो कुरा यो हो की अन्य औला देखाएर कुरा गर्नु सम्मान दिने बराबर हुन्छ । यस बाहेक ठूलासंग हात मिलाउँदा शीर पनि झुकाउन आवश्यक हुन्छ । उसमा पनि आदरको रुप देखिन्छ ।

इन्डोनेसियामा अरु कसैलाई गुड मर्निङ भन्नुछ भने हात मिलाउन पनि पर्छ । यहाँ गुड को अर्थ ठिक भन्ने हो, भने गुड नाइट लाई मालाम र गुड आफ्टरनुन लाई सोरे भनिन्छ । आदर वा सम्मान गर्नु सबै देशमा जरुरी मानिन्छ तर इन्डोनेसियामा यी काम गर्दा धेरै ख्याल राख्नुपर्छ । तपाई इन्डोनेसियामा जाँदा कसैले औला देखाएमा बुझ्नुपर्योकीसँगै बस्ने मानिसको इज्जत दिएको हो । उसको दिलमा आफ्नो ठाँउ बनाउने प्रयास हो ।



प्रतिक्रिया दिनुहोस्