Logo

दुई देशको नागरिक बनेका लोगवाका गाउँले



आजसम्म कुनै गाँउको चौबाटोको बारेमा त सुनेकै छौ । तर, भारतको नागलैंड राज्यमा एउटा अनौठो दोबाटो छ ।

यो गाँउको नाम लोंगवा हो यहाँ अचम्मको स्थान चर्चामा छ । यसमा जोडिएको अन्तृराष्ट्रिय सीमा रेखा आधा भारत र आधा म्यानमारको हो । यो गाँउमा सीमा पनि छैन । आश्र्चयको कुरा यस्तो छ कि यो गाँउमा बस्ने मानिससँग दुवै देशको नागरिकता छ । यसको मतलब भारतको नागरिक हुनुको साथै म्यानमारको पनि उनीहरु नागरिक भएका छन् ।

यहाँका मानिसहरुले घरपनि त्यस्तै बनाएका छन् । खानको लागि म्यानमार र सुत्नको लागि भारतमा घर बनाउँछन् । अझ अचम्म त अर्को छ, गाँउका मुखियाको छोरा म्यानमारको सेनाको प्रमुख हुन्छ । यहाँ देशको नाममा कुनै झगडा नै हुँदैन र सबैले देशलाई माया गर्छन् । यो गाँउ दुनियाँको लागि एउटा उदाहरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्