Logo

सुन्तलाको फाइदा



जाडोमा सुन्तला खानु हुँदैन चिसो लाग्छ भन्नेहरु पनि छन् । तर, चीसो मौसममा फल्ने फल सुन्तलाको धेरै फाइदा हुन्छ । सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ । जुन स्वास्थ्य र सौन्दर्यको दृष्टिले निकै राम्रो मानिन्छ । दिनहु सुन्तलाको सेवन गरेमा विभिन्न रोगलाई कम गर्न सकिन्छ । यसले मानिसलाई रक्सीको लतबाट मुक्त गर्न मद्दत गर्छ ।

फाइदा

तौल नियन्त्रण
सुन्तलाले बढिरहेको तौल नियन्त्रण गरी सामान्य अवस्थामा राख्न सहयोग गर्छ ।

कलेजोको जोखिम कम
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व प्रशस्त पाइन्छ । जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

कोलस्टोल घटाउँछ
सुन्तलामा फाइबर पाइने हुनाले शरीरमा कोलस्टोरोलको मात्रा कम गर्छ ।

मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासियम र इलेक्ट्रोलाइट मिनरल प्रशस्त हुन्छन र मुटु बलियो र तन्दुरुस्त बनाउन सहयोग पुग्छ ।

मृर्गौला स्वस्थ बनाउँछ
सुन्तला खादाँ मृगौला सम्बन्धि रोग र पत्थरकिो समस्या कम हुँदै जान्छ ।

क्यान्सरको जोखिम कम
सुन्तलामा साइट्रस लिमोनोइड्स पाइने हुनाले क्यान्सरबाट जोगाउन सहयोग गर्छ ।

भाइरल इन्फेक्सन कम गर्छ
यस्मा पोलीफेनोल्स प्रशस्त पाइने हुनाले रुघाखोकी जस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछ ।

कब्जियत भगाउँछ
सुन्तला खानाले पेट सफा हुन्छ, यसमा फाइबरको मात्रा उच्च हुने हुनाले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउँछ ।
यसमा हुने भिटामिन ए, क्यारोटेनोइडले आँखालाई तेजिलो बनाउँनुका साथै रतन्धोबाट पनि जोगाउँछ ।

रक्तचाप नियन्त्रण
सुन्तलामा पाइने पm्लाभोनोइड हेस्पेरिडिन र म्याग्रेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

छालाको सुरक्षा
सुन्तलामा बेटा –क्यारोटिन हुन्छ । यो राम्रोे एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।



प्रतिक्रिया दिनुहोस्