Logo

तराईमा हुस्सु



काठमाडौं, २९ मंसिर । मुलकभर जाडो बढेसंगै जनजीवन प्रभावित भएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै भिजिविलिटी कमजोर भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान र दिउँसो कुहिरो लागेको थियो । पूर्व देखि पश्चिम तराईका अधिकांश भागहरुमा कुहिरोले जनजीवन प्रभावित भयो ।
महाशाखाका अनुसार दिउँसोसम्म पुर्वी तराईका केहि स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्यो । मध्य र पश्चिमी तराईका स्थानमा सामान्य हुस्सु लाग्यो । मध्य तराईमा पनि सामान्य हुस्सु लाग्यो र अपरान्ह सम्म केही हटेको थियो ।

मौसम पुर्वानुमान महाशाखाले जनाएअनुसार २४ घण्टासम्म शितलहरको कुनै सम्भावना भने छैन । यसैगरी, काठमाडौंमा चीसो बढेको छ । घाम राम्ररी नलाग्दा ठण्डी बढेको हो ।



प्रतिक्रिया दिनुहोस्